पर्सा जिल्ला अदालतमा गत वर्ष ५७ प्रतिशत मुद्दा फर्छ्यौट

श्रावण २, २०८२

शंकर आचार्य

Last year, 57 percent of cases were dismissed in Parsa District Court

What you should know

पर्सा — पर्सा जिल्ला अदालतले गत आर्थिक वर्षमा करिब ५७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार गत आर्थिक वर्षमा अदालतले ५७ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो ।

अदालतमा अघिल्लो आवबाट जिम्मेवारी सरी आएका ६ हजार ९२, गत आवमा नयाँ दर्ता भएका ८ हजार २ सय ३९ गरी १४ हजार ३ सय ३१ मुद्दा रहेकामा ती मध्ये ७ हजार २ सय ३९ मुद्दा फर्छ्यौट भएको छ । अदालतको लक्ष्य ९ हजार ४ सय ९१ वटा मुद्दा फर्छ्यौट गर्ने थियो ।  

गत आवमा २ वर्ष नाघेका १ हजार ८ सय ९ मध्ये ३ सय ३४ वटा मात्र मुद्दा अब फर्छ्यौट गर्न बाँकी रहेको छ । अदालतमा गत आवमा फरक मुद्दा व्यवस्थापन प्रणाली अन्तर्गतका सबै मुद्दा फर्छ्यौट गर्न सफलता मिलेको मल्लिकले बताए ।

तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्षयता सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको मुख्य न्यायाधीश खनालले दाबी गरे । उनका अनुसार २०७६/०७७ मा ४० दशमलव २, ०७७/०७८ मा ४० दशमलव ४४, ०७८/०७९ मा ४६ दशमलव ०६, ०७९/०८० मा ४६ दशमलव ९६ र गत आवमा ५७ प्रतिशत २९ प्रतिशत मुद्दा आव भएको छ ।

शंकर

Link copied successfully