पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा पक्राउ

श्रावण २, २०८२

सन्तोष सिंह

Arrested on charges of murder by sprinkling petrol on fire

काठमाडौँ — गौशालाको रजखोरमा पेट्रोल छर्की आगो लगाएर छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गौशाला–४ रजखोरका ५० वर्षीय बलिराम साहलाई असार २६ गते पेट्रोल छर्की आगो लगाएको आरोपमा स्थानीय ३० वर्षीय सुरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहलाई भारतको मधुवनीबाट बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बलिराम साहको बुधबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते बलिरामलाई तत्काल नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । प्राथमिक उपचार छि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । 

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully