What you should know
सिरहा — सिरहाबाट प्रहरीले सात क्वीन्टल प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । सुखीपुर नगरपालिका-४ पोखरियाबाट लुकाइ छिपाइ राखिएको ७ क्वीन्टल १७ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा स्थानीय मेदी यादवको घरमा शुक्रबार बिहान खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा २७ वटा प्लास्टिकको पोका बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
तर, घर धनी यादव भने फरार रहेको र उनको खोजी भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
