सडक बनाउन खनिएको खाल्डोमा डुबेर बालकको  मृत्यु

असार ३२, २०८२

ओमप्रकाश ठाकुर

A child drowned in a ditch dug to make a road

सर्लाही — सर्लाहीको हरिपुरमा सडकका लागि खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

हरिपुर नगरपालिका–१  जानकिनगरका दिनेश यादवका ६ वर्षका छोरा सुशान्त यादवको सडकका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार साँझ खेल्न निस्किएका बालक घर नफर्केपछि आफन्त तथा स्थानीयले खोज तलाश गर्दै जाँदा झन्डै ५ सय मिटरको दुरीमा खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए।

बालकको शव पोस्टमार्टमका लागि  मंगलबार अबेर रातिनै प्रादेशिक अस्पताल मलंगबार ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ओमप्रकाश

Link copied successfully