जनकपुरधाम — मधेश प्रदेशसभाले बनाएको दुई विधेयक प्रमाणीकरण भएको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित सचिव सत्रुधन यादवका अनुसार मधेश प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि मधेश प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण भएको छ ।
दुवै विधेयक प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।
