लागूऔषधसहित दुई युवक पक्राउ

असार २३, २०८२

विद्यानन्द राम

Two young men arrested with drugs

राजविराज — सप्तरीको बलान बिहुल गाउँपालिका–२ स्थित बलान खोलाको छेउबाट लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ का २५ वर्षीय लक्ष्मण मलाह र सोही ठाउँका २४ वर्षीय राजेश निरौला रहेका छन् ।

आइतबार बेलुका भारतबाट नेपालतर्फ आइरहेका उनीहरुमाथि शंका लागेर प्रहरी चौकी मौवाहाको टोलीले चेकजाँच गरेको थियो ।

उनीहरुले बोकेको झोलाबाट डाइजेपाम र फेर्नागन इन्जेक्सन ८६/८६ थान र बुप्रेनोर्फिन इन्जेक्सन ८८ थान बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । दुवै जनामाथि ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।    

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully