भारतीय प्रहरीद्वारा जिल्ला प्रशासन कार्यालयको रेकी, सुरक्षा निकाय बेखबर

असार २२, २०८२

विद्यानन्द राम

Rekey of district administration office by Indian police, security agencies unaware

राजविराज — भारतीय प्रहरीले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीको रेकी गरी फर्किएको पाइएको छ। दिउँसो करिब ४ बजेतिर पुलिस लेखिएको बीआर ५० पी ८६६९ नम्बरको स्कर्पियो चढेर आएका ४/५ जनाको समूहले कार्यालयको रेकी गरी फर्किएका हुन् ।

सिभिल ड्रेसमा आएका उनीहरुले कार्यालय परिसरको पर्खालसँगै उत्तरतर्फ सडकमा स्कर्पियो राखेका थिए । तर, सो विषयमा सुरक्षा निकाय बेखबर थिए । सुरक्षा निकायसँग समन्वय नै नगरी नेपाल छिरेका भारतीय प्रहरी साढे चार बजेसम्म बसेर फर्किएपनि सुरक्षा निकायलाई जानकारी भएन। के कुन कारणले उनीहरु समन्वय नै नगरी नेपाल झिरेको विषयमा यकिन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई कान्तिपुरले साँझ ५ बजे सम्पर्क गर्दा  भर्खरै सो गाडीको फोटो प्राप्त भएको बताए। ‘त्यसरी भारतीय प्रहरी नेपाल झिर्दा समन्वय गर्नुपर्ने थियो तर मलाई भर्खरै फोटो प्राप्त भयो’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेको छ की ? बुझ्ने कार्य हुँदैछ ।’

जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीले सो गाडीको फलोअप गर्ने कार्य भइरहेको बताए । ’हामीले सो विषयमा जानकारी पाएपछि फलोअप भइरहेको छ,' उनले भने । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully