सशस्त्र प्रहरीद्वारा १८ लाख बढीको तस्करीका कपडा बरामद

असार २०, २०८२

शंकर आचार्य

The armed police seized more than 18 lakhs worth of smuggled clothes

पर्सा — सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीबल नेपाल नम्बर-१३ गण हेडक्वार्टर पर्सा र भन्सारको संयुक्त टोलीले छपकैया र नदिया टोलमा कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार १८ लाख ५५ हजार ३५० रुपैयाँ बराबरका कपडा बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । उक्त जानकारी सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले दिएका हुन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully