बारामा जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट

असार १८, २०८२

शंकर आचार्य

Blast at Jagdamba Steels furnace in Bara

पर्सा — बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।

बुधबार राति सवा ९ बजेतिर ओभर हिटिङ भएर फलाम पकाउने भट्टीमा विस्फोट भएको प्रारम्भिक जानकारी आएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

विस्फोटमा परी एक जना भारतीय नागरिक घाइते भएको खबर आएको र उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरी खटिएका छन् भने दमकल र एम्बुलेन्स पनि परिचालन गरिएको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully