पर्सा — प्रहरीले चोरीको मोटरसाइकलसहित वीरगन्ज महानगरपालिका–३१ का १९ वर्षीय विद्यानन्द महतो पक्राउ परेका छन् ।
उनले असार ९ गते राति ८ बजेको समयमा वीरगन्ज–३१ कोनिया टोल बस्ने विजय पटेलको घर अगाडिबाट कालो रंगको सुपर स्पलेन्डर मोटरसाइकल चोरी गरी लगेका थिए ।
प्रहरी चौकी मिलनचोकबाट खटिएको चेकिङ टोलीले आइतबार मोटरसाइकलसहित महतोलाई नियन्त्रणमा लिएको थियो । महतोलाई चोरीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।
