पर्सा बारको अध्यक्षमा कुर्मी

असार १५, २०८२

शंकर आचार्य

Kurmi in the President of the Parsa Bar

पर्सा — नेपाल बार एशोसिएसन पर्साको अध्यक्षमा अधिवक्ता रामनारायणप्रसाद कुर्मी विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचन परिणामअनुसार, कूल ९९ मत खसेकोमा कुर्मीले ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी अजयकुमार श्रीवास्तवले ३१ मत र अर्का प्रतिस्पर्धी श्यामसुन्दर दासले ७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपाध्यक्षमा अनिरुद्रप्रसाद सिंह, सचिवमा प्रतिमा चौरसिया, कोषाध्यक्षमा अमयकुमार दास विजयी भएका छन् । 

सदस्यहरुमा जितेन्द्र पटेल, श्रीराम राउत कुर्मी, राजेश्वर यादव, सुदामा प्रसाद दहित, आशुतोष तिवारी, नरेन्द्र साह, रोशनी श्रेष्ठ र विनोद दास निर्वाचित भएका छन् । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully