काठमाडौँ — सिरहामा एक युवकको शव फेला परेको छ । अर्नमा गाउँपालिका-१ स्थित आफ्नै घरअगाडि शनिबार बिहान स्थानीय अन्दाजी ३० वर्षीय अजय महराको शव भेटिएको हो ।
स्थानीयका अनुसार मृतकको घाँटीमा लुगा बेरिएको छ । कुटपिट गरी घिसारेर उनको हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
'हामीले घटनाको मुचुल्का गर्दै छौं, अनुसन्धान सुरु भएको छ,' जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले भने, 'घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्छ ।'
