वीरगन्जमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार १३, २०८२

कान्तिपुर संवाददाता

Two killed in tractor accident in Birgunj

पर्सा — वीरगन्ज महानगरपालिका–२८ बगहीमा शुक्रबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

स्थानीयका अनुसार मृत्यु हुनेमा बगही गाउँकै पन्ना पटेलका १७ वर्षीय छोरा आकाश पटेल र राजेश पटेलका १७ वर्षीय छोरा गोलु पटेल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी सुवास भट्टले भेडाहा खोलाबाट माटो लिएर बगही गाउँको खेततर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्र्याक्टर दिउँसो २ बजे अनिन्त्रित भइ सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको बताए । 

आफैं अनिन्त्रित भइ खसेको ट्र्याक्टरले च्यापिएर चालक आकाश र उनीसँगै सवार रहेका गोलु सख्त घाइते भएका थिए । नारायणी अस्पतालका चिकित्सकले दिउँसो सवा ३ बजे दुवैलाई मृत घोषणा गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully