कारागारबाट भागेका थुनुवा डेढ महिनापछि पक्राउ

असार १२, २०८२

विद्यानन्द राम

The prisoner who escaped from the prison was arrested after one and a half months

राजविराज — सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भागेका थुनुवा डेढ महिनापछि पक्राउ परेका छन् ।

चोरी मुद्दामा २०८१ पुस ६ मा पुर्पक्षका लागि कारागार पठाइएका शम्भुनाथ नगरपालिका–११ का ३५ वर्षीय रमानन्द मण्डल गत वैशाख १५ गते राति कारागारबाट भागेका थिए ।

खोजी भइरहँदा उनलाई घरको आसपासबाटै बुधबार पक्राउ गरिएको डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

तर, उच्च सुरक्षा सर्तकता र चारैतिर अग्लो पर्खाल रहँदासमेत थुनुवा कसरी भागेको विषय यकिन गर्न सकिएको छैन ।

सो विषयमा अनुसन्धान भइरहेको छ भने मण्डलमाथि कारागार ऐन २०७९ अनुसार कारागारबाट भागेको कसुरमा म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully