पर्सा — जिल्ला अदालत पर्सामा बुधबार प्रहरीलाई दुर्व्यवहार गरेका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।
सुरक्षाका लागि अदालतको मूल गेटमा खटिएका प्रहरीले सोधपुछ गर्दा पर्सागढी नगरपालिका-६ का अध्यक्ष नवलकिशोर साहले प्रहरीमाथि नै हातपात गरेका थिए ।
दिउँसो करिब २ बजे उक्त घटना भएको हो । अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि साहलाई म्याद थप गर्न जिल्ला अदालतमा पेस गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।
