वीरगन्जमा ६ लाख ६९ हजार मूल्य बराबरका तस्करीका सामान बरामद

असार १०, २०८२

शंकर आचार्य

Smuggled goods worth 6 lakh 69 thousand seized in Birganj

पर्सा — सशस्त्र प्रहरीले मंगलबार वीरगन्जमा ६ लाख ६९ हजार ७ सय मूल्य बराबरका तस्करीका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी नेपाल नं १३ गण हेडक्वाटर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगन्ज-१६ नगवा टोलस्थित रमुना सहनीको तीनतले पक्की घरको ग्राउन्ड फ्लोअरको कोठामा भारतबाट अवैध रुपमा भन्सार छली ल्याइ लुकाइछिपाइ गोदाम गरी राखेको अवस्थामा मूल्य ह्वीलचियर, रिभोल्विङ चियर, जिरा, सोफा कभर तथा उक्त कार्यमा प्रयोग गरिएको १ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि वीरगन्ज  भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डिएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully