महोत्तरीमा मनराशिसवा, रामगोपालपुर र एकडाराले ल्याए बजेट

असार ९, २०८२

सन्तोष सिंह

In Mahottari, Manrashiswa, Ramgopalpur and Ekdara brought the budget

महोत्तरी — महोत्तरीका मनराशिसवा, रामगोपालपुर नगरपालिका र एकडारा गाउँपालिकाले सोमबार अगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

मनराशिसवा नगरपालिकाले  ५६ करोड ७४ लाख ८१ हजार ६ सय चौतिस रुपैयाँको बजेट ल्याएको छ । किसानहरुलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०८२/०८३ को बजेट पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि कृषि, बाटो, खेतहरुमा विद्युतीकरण गर्ने, किसानहरुको खेतको माटो जाँच शिविर तथा माटो परीक्षण ल्याब सञ्चालन गर्ने, एक वडा एक उत्पादन कार्यक्रम लागु गर्ने, किसानहरुलाई मल खाद तथा बिऊ बिजन सहज उपलब्ध गराउने, उखु किसानहरुलाई पालिकाबाट अनुदान दिने, पालिकाभित्रका किसानहरुलाई धान,गहुँको बिऊ अनुदानमा उपलब्ध गराउने, पालिकाभित्रका एउटा विद्यालयमा नमुना खेलकुद मैदान निर्माण गर्ने, पालिकालाई लागुऔषध मुक्त बनाउने कार्यलाई निरन्तरता दिने, कृषिलाई स्थानीय आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा विकास गरिने नीति लिएको नगर प्रमुख मोहन पाण्डेयले बताए ।

In Mahottari, Manrashiswa, Ramgopalpur and Ekdara brought the budget

रामगोपालपुर नगरपालिकाले ४६ करोड १६ लाख ७६ हजार ९०१ रुपैयाँको बजेट ल्याएको छ । नगर प्रमुख रामदुलार साहले १२ नगर सभामा प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटमा एमबीबीएस पढने विद्यार्थीलाई ५१ हजार छात्रवृत्ति, नि:शुल्क जन्मदर्ता मृत्युदर्ता र विवाह दर्ता गरिने, गरिब, विपन्न, असहाय परिवारहरुलाई विवाह खर्च र क्रिया खर्चबापत राहत प्रदाने गर्ने उल्लेख छ । रामगोपालपुर नगरपालिकाले सिँचाइमा लगानी कृषिमा आम्दनी नाराका साथ कृषि विद्युतीकरणलाई विकास गर्दै कृषि मिटर नि:शुल्क र सिँचाइ प्रयोजनक लागि लाग्ने विद्युत् महसुलमा अनुदान उपलब्ध गराउन बजेट विनियोजन गरेको छ ।

In Mahottari, Manrashiswa, Ramgopalpur and Ekdara brought the budget

सोमबार नै एकडारा गाउँपालिकाका प्रमख दिपनारयाण मण्डलले आर्थिक वर्ष २०८२/८३ को लागि ३३ करोड ८६ लाख ९६ हजार ५० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १५ स्थानीय तह रहेको महोतरीमा मटिहानी, मनराशिसवा, रामगोपालपुर, एकडारा, पिपरा, सम्सी, महोतरीले अगामी आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार बलवा, औरही, सोनमा र गौ लगायतका स्थानीय तहले बजेट ल्याउने तयारी गरेका छन् । 

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully