पत्नी हत्या आरोपी पक्राउ

असार ९, २०८२

शंकर आचार्य

Accused of wife murder arrested

पर्सा — पत्नी हत्याका आरोपमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का २२ वर्षीय सफिराजा मियाँ रहेका छन् ।

उनीमाथि आफ्नी २१ वर्षीया पत्नी लालबिबि खातुनको घाँटी थिची हत्या गरेको आरोप लागेको छ । पत्नीले आफूलाई सम्मान नदिएको र बेवास्ता गरेको भन्दै उनले असार ७ गते राति पत्नीको हत्या गरेको आरोप लगाइएको छ ।

उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully