भारतबाट भित्र्याइएको २५ सय चल्ला नष्ट

असार ९, २०८२

शंकर आचार्य

2500 chicks imported from India destroyed

पर्सा — भारतबाट अवैध रूपमा भित्रिएको २ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीले नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलिले धोबिनी गाउँपालिका-१ घोडदौडाबाट भारतबाट चोरी पैठारी गरी  भारतीय मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको २५ कार्टुनमा रहेको  २ हजार ५ सय वटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला आइतबार नियन्त्रणमा लिएको थियोे । उक्त चल्ला आवश्यक प्रक्रिया पूरा गरी सशस्त्र प्रहरीको नं १३ गण परिसरभित्र नष्ट गरिएको छ ।

पैठारी कार्यमा संलग्न पर्सा जगरनाथपुर गाउँपालिका-२ का ५० वर्षीय साबिर अन्सारीलाई उनको मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

शंकर

Link copied successfully