मधेशमा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिँदै जनमत

असार ८, २०८२

अजित तिवारी

Public opinion on speeding up the training program in Madhesh

जनकपुर — मधेश प्रदेश सरकारको बागडोर सम्हालेको जनमत पार्टीले राष्ट्रिय परिषद् समन्वय बैठकसँगै प्रशिक्षण कार्यक्रम अघि बढाएको छ । जनमतका संगठन विभाग प्रमुख जयकान्त राउत भने प्रशिक्षणका लागि हाल मधेशका जिल्लामा खटिएका छन् ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा प्रशिक्षण कार्यक्रम सकेको जनमतले आइतबार बारा र सोमबार पर्सामा प्रशिक्षण कार्यक्रम गर्दैछ । प्रशिक्षणमा समसामयिक राजनीति, पार्टीको भावी योजना, सांगठनिक रणनीति र निर्वाचन तयारीका विषयमा नेता–कार्यकर्तालाई जानकारी गराइएको छ । 

‘राजनीति नारामा मात्र सीमित छैन । यो अब व्यवस्थापन र नेतृत्व क्षमतामा निर्भर छ,’ राउतले भने,‘स्थानीयदेखि केन्द्रसम्म सक्षम नेतृत्व विकास नगरेसम्म वैकल्पिक राजनीतिको यात्रालाई मजबुत बनाउन सकिँदैन, हामीले प्रशिक्षणमार्फत यही सन्देश दिइरहेका छौं ।’

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully