पर्सा — सशस्त्र प्रहरीले मंगलबार बिरगंजबाट ठूलो परिमाणमा मल्टी भिटामिन ट्याबलेट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक कपिलराज गिरीको कमान्डमा खटिएको टोलीले वीरगन्ज मनपा-१ छप्कैयाबाट भारतबाट अवैधरुपमा भन्सार छलि दुई वटा मोटरसाइकलमा लोडगरी वीरगन्जतर्फ ल्याउँदै गरेको १० लाख १८ हजार रुपैयाँ बराबरको रिभित्रोल मल्टी भिटामिन ट्याबलेट १ हजार १८ डिब्बा औषधि नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
साथै उक्त अवैध पैठारी कार्यमा प्रयोग भएका दुईवटा मोटरसायकलसमेत आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डिएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।
