बर्दिबासको होटलबाट दुई भारतीय नागरिकसहित पाँच जना पक्राउ

असार २, २०८२

कान्तिपुर संवाददाता

Five people, including two Indian nationals, were arrested from a hotel in Bardibas

महोत्तरी — बर्दिबासको स्नेहा होटलबाट वेश्यावृत्तिमा संलग्न दुई भारतीय नागरिकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान महोत्तरी बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित होटेलमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी निरीक्षक राजेश बर्तौलाको कमान्डमा प्रहरी टोली खटि गई छापा मार्दा अवाञ्छित कार्यमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा प्रहरीले भारत सीतामढी मज्फ्फरपुर–१० का २५ वर्षीय राकेश बैठा, मज्फ्फरपुर–४ का ३६ वर्षीय जयकरण बैठा, महोत्तरी रामगोपालपुर नगरपालिका–८ की ३० वर्षीया सुनिन्त्रादेवी मण्डल, सिरहा लहानकी ३० वर्षीया प्रतिभा शर्मा र होटेल सञ्चालक बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ३७ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले बताए ।

बर्दिबासको होटलहरुबाट लागुऔषधको कारोबार हुने, चोरी र अन्य अपराधी घटनाको योजना बन्ने, अपराधी घटनामा होटेलमा रहेका महिलाहरू प्रयोग हुने भएपछि प्रहरीले निगरानी बढाएपछि अवाञ्छित कार्यमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बमले बताए । 

कान्तिपुर

Link copied successfully