मधेशको बजेट : स्थानीय सरकारलाई १ अर्ब १० करोड

असार १, २०८२

कमलेश ठाकुर

Budget of Madhesh: 1 billion 10 million to the local government

जनकपुर — मधेश प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । मधेश सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब दश करोड छुट्याएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी सहिद परिवारलाई लक्षित गरी स्थानीय सरकारले खर्च गर्नेगरी विशेष अनुदानतर्फ ३८ करोड १० लाख विनियोजन गरेको छ ।

'कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार' अभियानलाई निरन्तरता दिएको छ । कृषिमा विषादीको प्रयोग घटाउन र यान्त्रिकरणको प्रयोग गर्न कृषक पाठशाला चलाइने सरकारले बजेटमै समावेश गरेको छ । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully