मधेशमा आकार बढाएर बजेट ल्याइँदै

असार १, २०८२

कमलेश ठाकुर

Budget is being brought to Madhesh by increasing its size

जनकपुरधाम — मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज मधेश प्रदेशसभामा प्रस्तुत गर्न लागेको छ । अर्थमन्त्री सुनिलकुमार यादवले आज दिउँसो ४ बजे प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

चालु वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटको आकार बढाएर ल्याउने तयारी छ ।करिब ४७ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गर्ने सरकारको तयारी छ । चालु आर्थिक वर्षमा सरकारले ४३ अर्ब ८९ करोड ७० लाखको बजेट ल्याएको थियो ।

यसपालि कृषिलाई मुख्य प्राथमिकतामा राखेर बजेट तयार गरिएको छ । अबन्डा रकमलाई निरुत्साहित गरिने बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख गरिएको थियो । सर्वोच्च अदालतले खारेज गरेको संसदीय विकास कोष राखिएको छैन । तथापि सांसदहरुलाई रिझाउनका लागि प्रत्यक्ष संसद्का लागि तीन करोड र समानुपातिक सांसदको लागि डेढ करोडको योजना नै राखेर सरकारले बजेट ल्याउन लागेको छ । 

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully