रौतहट — रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा आइतबार चटयाङ लागेर एक वृद्धको मृत्यु भएको छ ।
जयनगरका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
घरअगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लागी उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पताल पुगेर जाँच गर्दा बनियालाई चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।
