लेखा अधिकृत हाजिर हुन आउँदा हाकिम बेपत्ता

जेष्ठ २९, २०८२

ओमप्रकाश ठाकुर

When the accounting officer came to appear, the boss disappeared

सर्लाही — जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा अर्थ मन्त्रालयले खटाएको लेखापालको हाजिर गराउनुपर्ने भएपछि हाकिम बेपत्ता भएका छन् । असार मसान्तमा लेखापाल आएपछि उनलाई हाजिर हुन नदिन हाकिम बेपत्ता भएका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालयमा बिहीबार लेखापाल ज्ञानेन्द्रकुमार यादव हाजिर हुन आएका बेला स्वास्थ्यका निमित्त प्रमुख डा. नवलकिशोर झा कार्यालय छोडेर बाहिर निक्लेका थिए । मन्त्रालयबाट सरुवा र पूर्वाधार विकास कार्यालय सर्लाहीबाट रमाना पत्र बोकेर कार्यालय प्रमुख झाको कार्यकक्षमा पुगेका लेखापाल यादवले पत्र थमाएको एकछिनमै उनी कार्यालय छोडेर बाहिर निक्लेका हुन् । कार्यालयको टेबलमा चस्मा र साँचो छोडेर निक्लने बित्तिकै डा.झाले मोाबाइलको स्विचसमेत बन्द गरेर बसेका थिए । असार मसान्तको समयमा नयाँ लेखापाल आएपछि कार्यालयका प्रमुख झा उनलाई हाजिर गराउने पक्षमा छैनन् । 

लामो समयसम्म कार्यालय प्रमुख सम्पर्कमा नआउँदा कार्यालयको वरीयतामा दोस्रो दर्जामा रहेका तथ्यांक अधिकृत लालबाबु रायले लेखापाल यादवलाई हाजिर गराए । यसअघि कार्यालयको लेखाको थप जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले सम्हाल्दै आएका थिए । 

ओमप्रकाश

Link copied successfully