मुआब्जा माग्दै फेरि रेल विभाग पुगे बर्दिवासका पीडित 

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

The victims of Bardiwas reached the railway department again asking for compensation

जनकपुर — बर्दिवासका पीडितहरू बुधबार फेरि काठमाडौंस्थित रेल विभाग पुगेका छन् । लामो समयदेखि मुआब्जा वितरण नहुँदा बर्दिवासका पीडित किसानले रेल विभाग घेराउ गर्दै आएका छन् ।

बुधबार रेल विभाग पुगेका पीडित किसानसँग रेल्वे कम्पनीका पूर्वमहानिर्देशक गुरुप्रसाद भट्टराईको नेतृत्वमा छलफल भएको किसान खडक सिंहले जानकारी दिए ।

छलफलमा  'मुआब्जा वितरण यथाशक्य चाँडो काम अघि बढाइनेछ' भन्ने आश्वासन दिइएको उनले बताए । 

'बर्दिवासका पीडित जनताले पटकपटक रेल विभागको ढोका ढक्ढक्याउँदै आएका छन्,  केवल प्रक्रिया लम्ब्याउने र समय कटाउने प्रवृत्ति मात्र देखिएको छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully