‘सांसदको कुरा नसुन्ने सरकारले हेलो सीएमबाट जनताको कुरा कसरी सुन्छ ?’

जेष्ठ २६, २०८२

कमलेश ठाकुर

How can a government that doesn't listen to MPs listen to people from Hello CM?

जनकपुरधाम — एकीकृत समाजवादीका सांसद कनिस पट्टेलले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि बोल्दै सरकारको आलोचना गरेका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सांसदको कुरा नसुन्ने सरकारले हेल्लो सीएम कार्यक्रमबाट जनताको कुरा कसरी सुन्छ भन्दै प्रश्न गरे ।

‘यो संसद्‍मा, यो माइक्रोफोनमा संसद्‍मा रहेका हरेक सांसदले बारम्बार हेल्लो सरकार, हेल्लो सरकारभन्दा सुन्दैन भने जनताको कुरा कसरी सुन्छ ?,’ उनले प्रश्न भने, ‘सांसदले जनताको समस्या समाधानका लागि आवाज उठाउँदा यो सरकारले किमार्थ स्वीकार गरेको छैन । हेल्लो सरकारमा जनताको समस्या कसरी समाधान हुन्छ ?’ संसद्‌मा उठाएको प्रश्नको जवाफ पनि सरकारले नदिने गरेको उनले बताए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम नारा राखेर फूलबुट्टाले सिङ्गारिएजस्तै रहेको उनको भनाइ थियो । मन्त्रीमुखी योजनातर्फ संकेत गर्दै उनले १२ वटा निर्वाचन क्षेत्रमा मात्रै योजना सीमित नगर्न सरकारलाई सुझाए । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully