माओवादी सांसदको माग : जनकपुरमा बस्न गाह्रो भो, खोइ हामीलाई आवास योजना ?

जेष्ठ २६, २०८२

कमलेश ठाकुर

Maoist MP's demand: It is difficult to live in Janakpur, give us a housing scheme?

जनकपुरधाम — माओवादी सांसद मालाकुमारी कर्णले सांसदका लागि 'आवास कार्यक्रम' नराखेको भन्दै आपत्ति जनाएकी छन् । सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सांसदहरुलाई जनकपुरधाममा बस्न गाह्रो भइसकेकाले सांसद आवास कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

‘यहाँ जनकपुरमा बस्न हामीलाई कति अप्ठ्यारो छ । त्यो हामीले महसुस गरेका छौं,’ उनले भनिन्, ‘तर खोइ सांसदहरुको आवास योजना ? मधेश प्रदेश सरकारले सांसदहरुका लागि पनि आवास योजना ल्याएको भए सहज हुन्थ्यो ।’

सरकारले नारैनाराको पुलिन्दा राखेर नीति तथा कार्यक्रम ल्याएको र साकार पार्ने कुनै योजना नभएको उनले बताइन् । नीति तथा कार्यक्रम कार्यान्वयन हुने भए मधेश 'स्वर्ग' बन्ने उनको भनाइ थियो ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully