राजविराज — विपत् प्रतिकारका लागि कोशी नदीमा अभ्यास गर्ने क्रममा बिहीबार बेपता भएका सशस्त्र प्रहरीका दुई जना गोताखोरको खोजी गरिरहॅंदा एक जना अर्कै व्यक्तिको शव फेला परेको छ ।
दिउॅसो ३ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको ढोका नम्बर ५५/५६ क्षेत्रमा अभ्यास गरिरहॅंदा उनीहरु बेपत्ता भएका छन् । दुवै जनालाई थप दुई जना गोताखोरसहितका सुरक्षाकर्मीको टोलीले खोजी गरिरहॅंदा ४०/४५ वर्षका पुरुषको शव फेला परेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनको पहिचान खुल्न सकेको छैन ।
बेपत्ता गोताखोरको खोजी कार्य भइरहेको एसपी खतिवडाले बताए ।
