जनकपुरधाम — मधेश प्रदेशसभामा कांग्रेसका २२ जना सांसद छन् । तर,बिहीबार प्रदेशसभा बैठकमा मात्र एक जना सांसद उपस्थित भएका छन् ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धनुषाधामस्थित सहिद ठाकुर प्रसाद ढुङ्गानाको सालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन आएपछि सांसदहरू प्रदेशसभा बैठकमा नगई उक्त कार्यक्रममा गएका छन् ।
कांग्रेस सचेतक जिवछी यादव मात्र बैठकमा उपस्थित भएकी छिन् । तर, उनी पनि हस्ताक्षर गरेर प्रदेशसभा सुरु भएको पाँच मिनेटभित्रै बाहिर निस्केकी थिइन् । ‘जान त गएको थिएँ । तर, साइन गरेर निस्किसकेँ,’उनले कान्तिपुरकर्मीसँग भनिन्,‘म एक्लै थिएँ । म बाटोमै छु पुगेर कुरा गर्छु ।’
