प्रधानमन्त्री ओलीको स्वागतमा सभाहलमा छ्याप्छ्याप्ती ब्यानर

जेष्ठ १८, २०८२

कमलेश ठाकुर

In the reception of Prime Minister Oli, a banner was waved in the auditorium

जनकपुरधाम — प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाममा आउने कार्यक्रमको हलमा छ्याप्छ्याप्ती ब्यानर लगाइएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम (दोस्रो चरण)को उद्घाटन हलभित्र मात्रै दुई दर्जभन्दा बढी ब्यानर लगाइएको हो । 

महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा १४ वटा प्रधानमन्त्रीको तस्बिर, दस वटा भौतिक पूर्वाधार मन्त्रालयको प्रगति विवरण र हलमै दुई वटा स्वागत ब्यानर लगाइएको देखिन्छ । यी सबै ब्यानर हलभित्रै छन् । आज डिजिटल प्रविधिमार्फत प्रधानमन्त्री ओलीले ६४ वटा सडकको शिलान्यास गर्ने तालिका छ ।

In the reception of Prime Minister Oli, a banner was waved in the auditorium३ सय २० किलोमिटर कालोपत्र सडक बहुवर्षीय योजनाअन्तर्गत राखिएको छ । आठै जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि १२ सय ७० करोड बजेट विनियोजन गरिएको छ । आइतबार १ बजे प्रधानमन्त्री आउने कार्यक्रम तय गरिएको थियो । तथापि कार्यक्रम अहिलेसम्म सुरु भएको छैन । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully