महोत्तरी — जलेश्वरबाट मोटरसाइकलमा २० किलो गाँजा लिएर जाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जलेश्वर नगरपालिकाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार अबेर राति बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र.२–०२–००१ प ६६६२ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा २० किलोग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए ।
कालो रङको झोला र चामलको बोरामा रातो रंगको प्लास्टिकले बेरी खरानी रंगको प्लास्टिकको डोरीले बाँधी लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजाको २ पोकासहित बर्दिबास नगरपालिका-१३ का ४६ वर्षीय शिव नारायण चौधरी र मनराशिस्वा नगरपालिका १० का ४० वर्षीय अजमैरी खातुनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर थप अनुसन्धान भइरहेको छ । महोत्तरीबाट भारत तर्फ गाँजा तस्करी मौलाएको छ । दिन्हु प्रहरीले सुराकीको अधारमा गाँजा पक्राउ गरिरहेको छ । मंगलबार राति बर्दिबासमा प्रहरीले स्कारपियोमा १ सय ५८ किलो गाँजा ल्याउदै गरेका २ जनालाई नियन्त्रणमा लिएका थिए ।
