धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

जेष्ठ १२, २०८२

रासस

One died in a fight between two bulls in Dhanusha

जनकपुर — धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।

मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर-६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।  

उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै  चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

रासस

Link copied successfully