मिर्चैयामा मोटर पार्ट्स पसलमा विद्युत सर्ट हुँदा आगलागी

जेष्ठ १२, २०८२

विनय आजाद

A fire broke out in a motor parts shop in Mirchaiya due to an electrical short

सिरहा — सिरहाको मिर्चैयामा विद्युत सर्ट भएर एक पसलमा आगलागी भएको छ। मिर्चैयास्थित संस्था चोकमा सञ्चालित मोटर पार्ट्स पसल यादव ब्रदर्स अटो ट्रेडर्स र एस ट्रेडर्स एन्ड सप्लायर्स मा आगलागी भएको हो।

आइतबार राति पौने ११ बजेतिर भएको उक्त आगलागीबाट ७० लाखभन्दा बढी रुपैयाँको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पसलमा रहेका मोटरसाइकल, अटो रिक्सालगायत सवारीसाधनका विभिन्न पार्टपुर्जा, ब्याट्री, मोबिललगायत सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेका छन्।

इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीका अनुसार पसलमा कोही नभएको अवस्थामा विद्युतको तार सर्ट भई अचानक आगलागी भएको थियो। वारुणयन्त्र र जेसीबी प्रयोग गरी आगो नियन्त्रणमा लिइएको उनले बताएका छन्।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully