जनमतले मधेश सरकारका दुई मन्त्रीलाई फिर्ता बोलायो

जेष्ठ ८, २०८२

कमलेश ठाकुर

The referendum called back two ministers of the Madhesh government

जनकपुरधाम — जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । उद्योग तथा पर्यटनमन्त्री सकिल मिया अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको हो । 

दुवैलाई कामको मूल्यांकन गर्दै उनीहरूलाई फिर्ता बोलाइएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए। 

यसअघि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका वसन्त कुशवाहा, राज्यमन्त्री सम्हालेका सञ्जय यादव नयाँ जिम्मेवारी दिने जनमतको तयारी छ ।  जिम्मेवारी मुक्त हुन लागेका अन्सारी र साह एक वर्षदेखि मन्त्रीको जिम्मेवारीमा छन् ।

जनमत अध्यक्ष सीके राउतको सचिवालयले भने एक वर्ष पुगेकोले पार्टीको  नियमित प्रक्रियाअनुरूप मन्त्रीहरू फेरिन लागेको जनाएको छ । मधेशमा जनमतबाट सतिशकुमार सिंहको नेतृत्वको सरकार रहेको छ ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully