श्रीमतीको हत्या गरी पूजाकोठामा शव गाड्ने पक्राउ

दस महिने छोरीको अवस्था अझै अज्ञात

जेष्ठ ८, २०८२

कमलेश ठाकुर

Arrested for killing his wife and burying her body in the shrine

जनकपुरधाम — धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । लक्ष्मीनियाँ गाउँपालिका–५ का हरिराम यादव श्रीमती अञ्जली यादवको हत्या आरोपमा पक्राउ परेका हुन् ।

गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको हत्या गरेको हरिराममाथि आरोप छ । उनले श्रीमतीको हत्या गरी शव घरकै पूजाकोठामा गाडेर दसमहिने छोरी लिएर घरबाट सम्पर्कविहीन भएका थिए । हरिराम पक्राउ परे पनि छोरीको अवस्था अज्ञात नै रहेको छ ।

श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो नरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनलाई पक्राउ गरी अहिले जिल्ला अदालत धनुषामा म्याद थपको लागि लगेको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully