वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध बरामद

जेष्ठ ६, २०८२

शंकर आचार्य

Large quantity of drugs seized from Birganj

पर्सा — सशस्त्र प्रहरीले मंगलबार वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण  हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले ट्रामोल ५० एमजीको ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको हो ।

वीरगन्ज–२ स्थित भगुवा नाकामा प्रहरी देख्नासाथ लागुऔषध फालेर २ जना भारततर्फ भागेका थिए । उनीहरु पक्राउ नपरे पनि  लागुऔषध बरामद गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी समेत रहेको डीएसपी सिंहले जानकारी दिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully