महोत्तरी — औरहीको कठुधारबाट स्रोत नखुलेको रकमसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
औरही नगरपालिका–४ कठुधारबाट स्रोत नखुलेको रकम ८ लाख रूपैयाँसहित सम्सी गाउँपालिका–७ का २५ वर्षीय रवि साह र भारत सितामढी कन्हमाका २० वर्षीय रितेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको प्रहरीले सम्सीबाट गौशालातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००७ प ९६८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।
