सिराहामा अवैध काठ बरामद

जेष्ठ ४, २०८२

विनय आजाद

Illegal timber seized in Siraha

सिराहा — सिराहामा अवैध रुपमा ओसारपोसार गर्न लागिएको काठ प्रहरीले बरामद गरेको छ । सब डिभिजन वन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय, गोलबजारको टोलीले गोलबजार नगरपालिका–४ भुल्केबाट अवैध काठ र ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

शनिबार साँझ प्रहरीको समन्वयमा स १ त ५७८७ ट्याक्टर र करिब २५ वटा गमहाइर प्रजातिका गोलिया काठ नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीले बताए । ट्र्याक्टर चालक भने फरार भएको उनको भनाइ छ ।

ट्र्याक्टर र काठका धनी पनि खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको चौधरीले बताए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully