पर्सा — सशस्त्र प्रहरीले आइतबार वीरगन्ज-१ छपकैयाबाट भन्सार छली भण्डारण गरी राखेको ठूलो परिमाणमा तयारी कपडा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टर, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयबाट खटिएको विशेष टोलीले छपकैयास्थित ३ वटा घरमा छापा मार्दा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई ल्याई गोदाममा राखेको ६ लाख ९८ हजार ८ सय रुपैया बराबरको तयारी कपडा बरामद गरेको हो ।
उक्त कपडा आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।
