तस्करीको गहुँ र कनिका बरामद

वैशाख ३१, २०८२

शंकर आचार्य

Smuggled wheat and corn seized

पर्सा — सशस्त्र प्रहरीले बुधबार बिन्दवासिनी गाउँपालिका–४ अपरपट्टी नाकाबाट तस्करी गरी ल्याइएको गहुँ र चामलको कनिका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याई खेतमा जम्मा गरिराखेको अवस्थामा २ लाख ३१ हजार २० रुपैयाँ बराबरको १ सय ६ बोरा गहुँ र २८ बोरा कनिका बरामद गरेको हो । 

बरामद भएको गहुँ र कनिका आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully