राजविराज — गृहमन्त्री रमेश लेखकले मधेश क्रान्तिको भूमि रहेको बताएका छन् । सप्तरीको राजविराजमा बुधबार आयोजित कांग्रेसको अभिमुखीकाण कार्यक्रममा गृहमन्त्री लेखकले भने -
'मधेश लोकतन्त्रको भूमि हो, आजसम्मको सबै क्रान्ति मधेशको भूमिबाट उठेको छ । मधेशले नेतृत्व गरेको छ । लोकतन्त्रको चेतना उठाउने मधेश हो ।'
संघीयता र लोकतन्त्रविरोधी शक्तिविरुद्ध मधेश सचेत भएर अगाडि बढ्नुपर्ने गृहमन्त्री लेखकले बताए । वर्तमान सरकार गठन भएको १० महिनामा केही न केही फरक भएको गृहमन्त्रीले दाबी गरे । उनले स्थिर सरकार दिन एमालेसँग गठबन्धनमा कांग्रेसले सरकार निर्माण गरेको बताए ।
राजावादी समूहले निरासाको खेती र व्यापार गरिरहेको भन्दै उनले निरास हुने अवस्था नरहेको बताए । संविधानको रक्षासँगै लोकतन्त्र र संघीयताको सुदृढीकरणमा लाग्न उनले आग्रह गरे ।
