एकै दिन १९५ फरार प्रतिवादी पक्राउ 

वैशाख ३१, २०८२

शंकर आचार्य

195 fugitive accused arrested on the same day

पर्सा — पर्सा प्रहरीले एकै दिनमा १ सय ९५ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट समेत खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले मंगलबार यती संख्यामा फरार प्रतिवादी पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूलाई जिल्ला अदालतमा हाजिर गराइएको पनि उनले जानकारी दिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully