सशस्त्र प्रहरीद्वारा ५ लाख मूल्य बराबरको तस्करीका सामान बरामद

वैशाख ३०, २०८२

शंकर आचार्य

5 lakh worth of smuggled goods seized by Armed Police

पर्सा — सशस्त्र प्रहरीले मंगलबार बिन्दवासिनी गाउँपालिका–१ गर्दौलबाट भन्सार छलेर ल्याइएको ५ लाखभन्दा बढीको सामान बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई पोखरियातर्फ लैजाँदै गरेको भन्सार ५ लाख १ हजार ४ सय रुपैयाँ बराबरका कपडासहित ना १८ प ८२७२ नम्बरको मोटरसाइकल बरामद गरेको छ । 

बरामद भएको वस्तु र मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully