लागूऔषधसहित एक जना पक्राउ, मेडिकल पसलबाटै युवालाई बेच्थे

वैशाख २१, २०८२

शिव पुरी

One arrested with drugs, used to sell to youth from medical shop

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका-१० चेतनगरबाट आइतबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

मौलापुर नगरपालिका घर भई हाल चेतनगर बजारस्थित मेडिकल पसल खोली बसेका २९ वर्षीय जितेन्द्र साहलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । साहले मेडिकलमा राखेर खुलेआम प्रतिबन्धित लागूऔषध बिक्री गर्दै आएका थिए । इलाका प्रहरी कार्याय चन्द्रनिगाहपुरले यसको जानकारी पाएपछि सुराकी गरेको थियो ।

त्यसपछि सादा पोसाकका प्रहरीले दिउँसो साहको मेडिकल पसलबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय पिस बरामद गरेको थियो ।

सामानसहित तत्कालै उनलाई पक्राउ गरेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएको छ । साहले बागमती, चन्द्रनिगाहपुरलगायतका बजारका युवालाई लागूऔषध बिक्री गर्दै आएको खुलेको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully