सिरहाबाट दुई थान भरुवा बन्दुक फेला

वैशाख २०, २०८२

विनय आजाद

Two loaded guns recovered from Siraha

सिरहा — सिरहाबाट प्रहरीले दुई थान भरुवा बन्दुक फेला पारेको छ । प्रहरीले गोलबजार नगरपालिका-१० डण्डाबाट दुई थान भरुवा बन्दुक फेला परेको हो । 

बन्दुक पड्किएको सूचनाका आधारमा गएको प्रहरी टोलीले डण्डास्थित आँपगाछी क्षेत्रबाट बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए ।

प्रहरी टोली आउन लागेको सुइँको पाएपछि बन्दुक पड्काउने मानिस भने फरार भएको र उनीहरूको खोजी भइरहेको उनले जनाए । प्रहरीका अनुसार, त्यसक्षेत्रमा उनीहरू सिकार खेल्न गएका थिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully