छोरी बलात्कार आरोपी बुवा पुर्पक्षका लागि थुनामा

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Father accused of raping daughter jailed for pretrial detention

पर्सा — पर्सा जिल्ला अदालतले आफ्नी छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुवालाई पुर्पक्षको लागि थुनामा पठाएको छ । 

पर्सा जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले बुधबार ती बुवालाई हाडनाता, जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

पर्सा प्रहरी र साइबर ब्यूरो भोटाहिटी काठमाडौंको संयुक्त टोलीले चार  साता अघि छोरीलाई बलात्कार गरेको आरोपमा पर्साका ३४ वर्षे बुवालाई पक्राउ गरेको थियो । 

उनले इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा ‘चाइल्ड सेक्सयुअल एबुज मेटेरिएल्स’ राखेको जानकारी साइबर ब्यूरो काठमाडौं भोटाहिटीले प्राप्त गरेपछि शंकास्पद कागजातको आधारमा ती बुवालाई चैत २२ गते वीरगन्जबाट पक्राउ गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully