धनुषा — नेपाल बार एसोसिएसन महोतरी बार इकाइको अध्यक्षमा दिपककुमार विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्मा महोतरी महोतरी बार इकाइमा दोश्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
बुधबार सम्पन्न निर्वाचनमा अध्यक्ष विश्वकर्माले २० मत र उनका निकटतम प्रतिद्वन्द्वी विजय ठाकुरले १२ मत प्रप्त गरे । महोत्तरीमा ३२ जना मतदाता छन् ।
कार्यसमितिको उपाध्यक्षमा प्रमोदकुमार साह, सचिवमा सतिशकुमार लालकर्ण निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा शंकरकुमार गुभाजु निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत जगदिश साहले बताए । बारको ११ सदस्यीय इकाइ कमिटीका ७ जना सदस्य मनोनयन गरिने अधिकृत साहले बताए ।
