बारा — पथलैया-हेटौंडा सडक खण्डको बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिक बिग्रेर रोकिराखेको ट्रकमा ठोक्किदा १९ जना घाइते भएका छन् ।
कोइला लोड गरेर रोकिराखेको उक्त ट्रकमा बस ठोक्किदा बसमा सवार १९ जना घाइते भएका हुन् ।
काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसले ट्रकमा ठक्कर दिँदा अनियन्त्रित भई सडकभन्दा ५ मिटर तल खसेको थियो ।
पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ५१८७ नम्बरको कोइला लोड ट्रक सडक छेउमा बिग्रेर रोकिराखेको अवस्थामा पोखरा जाँदै गरेको बसले ठक्कर दिएको थियो ।
बसका चालक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभद्रा तामाङले बताइन् ।
